स्विट्जरल्याण्डको राजधानी ज्यूरिचमा फिफाका दुई उपाध्यक्ष पक्राउ परेको केही घन्टापछि यो मुद्दा दर्ता भएको हो । स्वीस न्याय मन्त्रालयका अनुसार अमेरिकी अधिकारीहरुको अपीलमा स्विस पुलिसले फिफाका अधिकारीहरुलाई पक्राउ गरेका थिए ।
अमेरिकाका अटर्नी जनरल लोरेटा लिन्चले फिफाको भ्रष्टाचारको जाँचका क्रममा थप १६ अधिकारीविरुद्ध मुद्दा दर्ता गरिएको जानकारी दिएका छन् ।
जसमा पाँच वर्तमान र अन्य पूर्व फुटबल अधिकारी छन् । नयाँ अभियुक्तमा ब्राजिल फुटबल फेडेरेनशनका वर्तमान र पूर्व अध्यक्ष मार्को लोपो डेल निरो र रिकोर्डो टिक्सीरा पनि छन् ।
लिन्चका अनुसार उनीहरुमाथि षड्यन्त्र गरेको र आफ्नो पदको दुरुपयोग गर्दै आर्थिक फइदा लिएको आरोप छ । दुई दशकभन्दा लामो समयसम्म उनीहरुले विश्व फुटबलको चर्चित खेलहरुमा भ्रष्टाचारको योजना बनाउको र २० करोड डलरभन्दा बढी घुस लिएको अरोप उनीहरुमाथि छ ।
फिफाले छानविनमा सहयोग गर्ने बताएको छ ।

0 comments:
Post a Comment